मन्त्री खड्काद्वारा सङ्खुवासभामा मोटरेबल पुल उद्घाटन
सारांश
- ऊर्जा मन्त्री दीपक खड्काले संखुवासभामा ४ करोड ६५ लाखको लागतमा बनेको पुलको उद्घाटन गरे।
- मन्त्री खड्काले संखुवा खोलामा अर्को पुल बनाउन ३ करोड बजेट विनियोजन भएको बताए, र सडक स्तरोन्नतिमा जोड दिए।
- मन्त्रीले जलविद्युत् आयोजना र पर्यटकीय सम्भावनाको कुरा गर्दै सिलीचोङलाई सोलुखुम्बुसँग जोड्ने बाटो बनाउनेबारे छलफल गरे।
सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सङ्खुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने अर्को पुल, सडक स्तरोन्नति तथा जलविद्युत् आयोजना र पर्यटकीय सम्भावनाहरूमा समेत उल्लेख्य लगानी हुने बताए ।
गृहजिल्ला संखुवासभाको सिलीचोङ गाउँपालिका–१ र २ लाई जोड्ने उक्त पुल सङ्घीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा तीन वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा मन्त्री खड्काले संखुवा खोलामा अर्को नयाँ पुल निर्माणका लागि चालू वर्षमै ३ करोड रुपैयाँको बजेट विनियोजन भइसकेको जानकारी दिए। उनले छिट्टै टेन्डर प्रक्रिया अघि बढ्ने समेत बताए।
यस्तै माने भन्ज्याङ–चन्दनपुर–हेलुवा बेसी सडक खण्ड कालोपत्रे गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खड्काले यो वर्षभित्रै काम सम्पन्न गर्न व्यक्तिगत रूपमा पहल गर्ने प्रतिबद्धता जनाए।
ऊर्जा पूर्वाधारको सन्दर्भमा उनले सिलीचोङ गाउँपालिका भित्रै ५ देखि ७ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेको जानकारी गराउँदै ती आयोजनाबाट रोजगारी, आर्थिक विकास र स्थानीय पूर्वाधारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। ‘सङ्खुवासभा केवल मेरो जन्मभूमि होइन, यसको समग्र विकासको जिम्मेवारी पनि मेरो काँधमा छ,’ मन्त्री खड्काले भने।
साथै, उनले सिलीचोङलाई सोलुखुम्बुसँग जोड्ने वैकल्पिक नाका बनाउने सम्भावनाबारे पनि धारणा राखे, जसले पर्यटकीय प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। बुधवारेमा स्थायी प्रहरी चौकी स्थापना गर्न पहल भइरहेको र मकालु वरुण राष्ट्रिय निकुञ्जभित्र विकास कार्य गर्दा देखिने प्राविधिक ढिलाइलाई कम गर्दै व्यवस्थित सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको मन्त्री खड्काले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण