लागूऔषधसहित काठमाडौँबाट ६ जना पक्राउ
सारांश
- काठमाडौँमा लागूऔषध कारोबारमा संलग्न ६ जना पक्राउ परेका छन्।
- गोकर्णेश्वरबाट नाइट्राभेट ट्याब्लेटसहित ५ जना र सामाखुसीबाट खैरो हेरोइनसहित १ जना पक्राउ परे।
- प्रहरीले पक्राउ परेका व्यक्तिहरूसँगै खैरो हेरोइन, डिजिटल तराजु, मोबाइल र नगद बरामद गरेको छ।
काठमाडौँ । लागूऔषधको अवैध कारोबारमा संलग्न छजना काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नाम्यागल रोडमा लागूऔषध ६०० ट्याब्लेट नाइट्राभेट बोकेर हिँडिरहेको अवस्थामा पाँच जना र काठमाडौँ महानगरपालिका–२६ सामामुखीबाट खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरीले लागूऔषध ओसारपसारमा संलग्नलाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कालिकोटका २५ वर्षीय सरोज शाही, सिन्धुपाल्चोकका २४ वर्षीय सूर्य लामा, काभ्रेपलाञ्चोकका ३३ वर्षीय विमल मगर, कास्कीका ३४ वर्षीय आशिष विक र ३० वर्षीय मनवीर गुरुङ तथा झापाका ३३ वर्षीय शङ्कर राजवंशी रहेका छन् ।
राजवंशीको साथबाट १०९ दशमलव २२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु एक थान, मोबाइल नौ थान र नेपाली नगद रु ८२ हजार ६३५ बरादम गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण