भरुवा बन्दुकसहित एक पुरुष पक्राउ
शुक्रबार, १६ साउन २०८२, १२ : २५
सारांश
- अर्घाखाँचीमा एकजना व्यक्तिलाई एकनाले भरुवा बन्दुकसहित पक्राउ गरिएको छ।
- शितगंगा नगरपालिका-१२ का ३६ वर्षीय संदिपबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो।
- प्रहरीले कामीको गोठबाट बारुद, फलामका टुक्राहरू र केप बनाउन प्रयोग गरिएका कागजका टुक्राहरू बरामद गरेको छ।
अर्घाखाँची । अर्घाखाँचीमा एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको शितगंगा नगरपालिका–१२ बस्ने ३६ वर्षीय संदिपबहादुर कामीलाई एकनाले भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।
कामीबाट बारुदजस्तो देखिने वस्तु, फलामका टुक्राहरू, केप बनाउन प्रयोग गरिएका कागजको टुक्राहरूसमेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको गोठ तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण