नास-आईटीद्वारा साइबर सुरक्षा समिति गठन
शुक्रबार, १६ साउन २०८२, १३ : २२
सारांश
- नास-आईटीले नेपालको डिजिटल भविष्य सुरक्षित गर्न साइबर सुरक्षा समिति गठन गरेको छ।
- समितिले सूचना प्रविधि क्षेत्रमा विश्वसनीय र लचिलो प्रणाली निर्माण गर्ने लक्ष्य राखेको छ।
- समितिको मुख्य उद्देश्य डिजिटल प्रणाली र तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्नु हो।
काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास-आईटी) ले नेपालको डिजिटल भविष्यलाई सुरक्षित र मजबुत बनाउने उद्देश्यसहित आधिकारिक रूपमा साइबर सुरक्षा समिति गठन गरेको छ।
साइबर सुरक्षाका विज्ञहरू र नास-आईटी सदस्य कम्पनीहरूका प्रतिनिधिहरूको समावेश रहेको यस समितिले नेपालको सूचना प्रविधि क्षेत्रमा सशक्त, विश्वसनीय र लचिलो प्रणाली निर्माण गर्न दीर्घकालीन योगदान पुर्याउने लक्ष्य राखेको छ।
यसो उद्देश्य नेपालको आईटी र सफ्टवेयर उद्योगलाई सुरक्षित, सुदृढ र विश्वसनीय बनाउँदै डिजिटल प्रणाली तथा तथ्याङ्कको सुरक्षा सुनिश्चित गर्नु, र नेपाललाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउनु हो ।
समितिका सदस्यहरू:
- विजय लिम्बु सेनिहाङ – भैरव टेक्नोलोजी सेक्युरिटी प्रा.लि. (समितिका प्रमुख)
- घनश्याम ओली – बिज सर्भ आईटी
- प्रज्वल गौतम – एमिनेंस वेज प्रा.लि.
- रोशन पोखरेल – लगपोइन्ट प्रा.लि.
- सम्पन्न श्रेष्ठ – जेनेस सोलुसन प्रा.लि.
सल्लाहकारहरू:
- अभय पौडेल – गोक्यो ल्याब्स प्रा.लि.
- दिपेन चापागाईं – लगपोइन्ट प्रा.लि.
- नारायण कोइराला – इमिनेन्स वेज प्रा.लि.
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण