दशौं राष्ट्रिय खेलकुद अनुकूल समयमा गर्छौं : खेलकुदमन्त्री
शुक्रबार, १६ साउन २०८२, १६ : ०४
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गत वर्ष नै आयोजना हुनुपर्ने दशौं राष्ट्रिय खेलकुद अब अध्ययन समिति बनाएर अनुकूल समयमा गर्ने बताएका छन् ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा वार्षिक कार्य सम्पादनको प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा मन्त्री चौधरीले समयमा नै पूर्वाधार निर्माण हुन नसक्दा दशौं राष्ट्रिय खेलकुद गर्न नसकिएको दाबी गर्दै अबको एक अध्ययन समिति बनाएर अनुकूल समयमा आयोजना गर्ने बताएका हुन् ।
सकेसम्म छिटै राष्ट्रिय खेलकुद आयोजना गर्न आफू तयार रहेको दाबी मन्त्री चौधरी छ । हरेक दुई वर्षको अन्तरमा आयोजना हुनुपर्ने नेपाली खेलकुदको विकासका लागि मेरुदण्ड रहेको राष्ट्रिय खेलकुदको दशौं संस्करण २०८१ साल मङ्सिरमा नै सम्पन्न हुनुपर्ने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण