प्रधानमन्त्री कार्यालय र मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्था धरासयी बने : शेखर कोइराला
सारांश
- डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्था धराशयी भएको बताए।
- उनले स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रूपमा सेवा गर्न दिनुपर्ने कुरामा जोड दिए।
- डा. कोइराला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति समेत हुन्।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धरासयी बन्दै गएको बताएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरूले शुक्रबार धरानमा आयोजना गरेको कार्यक्रममा डा. कोइरालाले सो कुरा बताएका हुन् । उनले स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रूपले सेवा गर्न दिनुपर्ने समेत बताए ।
नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरूले भने जस्तो काम गर्न नसकेको आरोप कोइरालाको थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति समेत रहेका डा. कोइरालाले बीपी प्रतिष्ठानबाट पढेका डाक्टरहरू जहाँ–जहाँ पुगे पनि सबैले शिर उँचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण