काठमाडौँ महानगरद्वारा छात्रवृत्तिको लागि पुनः आवेदन आह्वान
सारांश
- काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त सिटहरूको लागि पुन: अनलाइन आवेदन खुलाएको छ।
- प्रवेश परीक्षा दिएर पनि पहिलो र दोस्रो सूचीमा नपरेका विद्यार्थीहरूले साउन १८ गतेभित्र आवेदन दिन सक्नेछन्।
- खाली सिटहरूमा भर्नाका लागि अन्तिम मनोनयनको लागि आवेदन खुलाइएको सूचनामा उल्लेख छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा भर्नाका लागि पुनः अनलाइन आवेदन आह्वान गरेको छ। प्रवेश परीक्षा दिएर पनि पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका विद्यार्थीहरूका लागि पुनः आवेदन खुलाइएको हो ।
महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै साउन १८ गते, साँझ ५:०० बजेभित्र अनलाइन आवेदन पेस गर्न आग्रह गरेको हो। यसअघि महानगरले साउन ४ गते प्रवेश परीक्षा सञ्चालन गरी साउन ६ गते पहिलो र साउन १३ गते दोस्रो मनोनयन सूची प्रकाशित गरेको थियो।
ती दुई चरणबाट भर्ना भएर पनि विभिन्न शिक्षण संस्थाहरूमा सिटहरू खाली रहेपछि 'ऱ्यापअप' का रूपमा अन्तिम मनोनयनका लागि आवेदन खुलाइएको सूचनामा उल्लेख छ।
प्रवेश परीक्षामा सहभागी भएका तर पहिलो र दोस्रो सूचीमा नाम नआएका, शिक्षण संस्थामा समस्या भई विभागमा निवेदन दिएका वा अन्तिम मनोनयनमा समावेश हुन चाहेका सबै परीक्षार्थीहरूले पुनः आवेदन दिन सक्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण