जम्मु–कश्मीरको कुलगाममा भिडन्त : दुई आतंकवादी मारिए, अपरेशन अझै जारी
सारांश
- कुलगाम जिल्लामा सुरक्षाबल र आतंकवादीबीचको भिडन्तमा दुई आतंकवादी मारिए।
- भारतीय सेना, जम्मु-कश्मीर पुलिस, सीआरपीएफ र विशेष अभियान समूहले संयुक्त आतंकवाद विरोधी अभियान चलाए।
- अधिकारीहरूका अनुसार क्षेत्रमा अन्य आतंकवादी लुकेको हुनसक्ने आशंकामा खोजी कार्य जारी छ।
कश्मीर । भारत स्वशासित जम्मु–कश्मीरको कुलगाम जिल्लामा सुरक्षाबल र आतंकवादीहरूबिच भएको भिडन्तमा दुई आतंकवादी मारिएका छन् । जिल्लाको अखल इलाकामा गएरातिदेखि चलेको यस मुठभेडमा सुरक्षाकर्मीले हालसम्म दुई आतंकवादीको मृत्यु भएको समाचारहरूमा जनाइएको छ ।
भारतीय सेना, जम्मु–कश्मीर पुलिस, सीआरपीएफ र विशेष अभियान समूहद्वारा सञ्चालित यो संयुक्त आतंकवादविरोधी अभियान अझै पनि जारी छ । सुरक्षाबलले सम्पूर्ण क्षेत्रलाई घेरा हालेर खोजी अभियानलाई तीव्र बनाएको बताएको छ।
भारतीय सेनाको चिनार कोरले सामाजिक सञ्जाल एक्समा यसबारे एक पोस्टमार्फत जानकारी दिएको हो । पोस्टमा भनिएको छ, ‘कुलगाममा रातभरि बेलाबेलामा र तीव्र गोलीबारी जारी रह्यो । सतर्क सैनिकहरूले आतंकवादीहरूलाई जवाफी कारबाही गरे र उनीहरू भाग्न नपाऊन् भनेर घेराबन्दी थप कडा पारिएको छ।’
अधिकारीहरूका अनुसार यस क्षेत्रमा थप आतंकवादी लुकेको हुन सक्ने आशंकामा खोजी कार्य जारी राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण