बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

माओवादी स्थायी समिति बैठक भोलि पुनः बस्ने

शनिबार, १७ साउन २०८२, १८ : ११
शनिबार, १७ साउन २०८२

सारांश

  • माओवादी केन्द्रको स्थायी समिति बैठक हिजोबाट सुरु भई आजका लागि स्थगित भएको छ।
  • आजको बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र अनुशासन आयोगका पदाधिकारीले धारणा राखे।
  • बैठक भोलि बिहान ११ बजे पुनः सुरु हुने जनाइएको छ।

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आइतबार पुन: बस्ने भएको छ ।  पार्टी कार्यालय पेरिसडाँडामा बसेको आजको बैठकमा १८ जना स्थायी समिति सदस्य, ५ जना पदाधिकारी र १ जना अनुशासन आयोगका पदाधिकारीले धारणा राखेका छन् । 

बैठक भोलि पुनः ११ बजेदेखि सुचारु हुने जनाइएको छ । बैठक शुक्रबारदेखि सुरू भएको थियो ।

 बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमाथि आ-आफ्नो धारणा राख्न सुरु गरेका हुन् ।   अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच देखिएको अन्तरविरोध पछिल्लो समय सार्वजनिक रूपमै छताछुल्ल भएको छ । 

यसैबीच आजको बैठकमा नेताहरूले पार्टीभित्र विधि पद्धति र प्रक्रियालाई कडाइका साथ लागू गर्न सुझाव दिएका छन् ।

बैठकमा धारणा राख्ने नेताहरूले पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउन विधि पद्धति र प्रक्रियालाई कडाइपूर्वक लागू गर्नुपर्ने सुझाव दिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

संगठन निर्माण, विकास र विस्तारमा योजना सहित केन्द्रित हुन आवश्यकका साथै शुद्धीकरण र रूपान्तरणका विषय विशेष रूपमा उठेको उनले बताए । सापकोटाले नयाँ बिचार संश्लेषण र बिचारको विकासका लागि बहसको थालनी गर्नुपर्ने विषय बैठकमा उठेको उल्लेख गरे । 

पार्टीका विषयमा आएका सबै विषयमा सहज ढङ्गले बैठकमा छलफल भएको भन्दै उनले माओवादी पार्टी कुनै हालतमा नफुट्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप