सरकारले बोल बम संस्कृतिको जगेर्ना गर्नुपर्छ : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले बोल बम संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन् ।
भोलेनाथ बोल बम कावरिया सङ्घद्वारा शनिवार काठमाडौँको कालीमाटीमा आयोजना गरेको बोल बम विशेष समारोहलाई सम्बोधन गर्दै साहले समाजलाई एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बोल बम संस्कृतिको सरकारले संरक्षण एवं प्रबद्र्धन गर्नुपर्ने बताएका हुन् ।
तर बोल बम संस्कृति सहितको मौलिक धर्म, संस्कृतिको जगेर्ना गर्न सरकारले चासो नदिएको उनले आरोप लगाए । नेपालको विभिन्न शिवालयमा साउन महिनामा बोल बम काँवरियाहरुले विशेष पूजापाठ गर्दै आइरहेको बताउँदै उनले त्यसका लागि सरकारले समेत बजेट विनियोजन गर्नुपर्ने बताए ।
‘बोल बम काँवरियाहरुले आफ्नो निजी पैसा खर्च गरेर हिन्दु धर्म, संस्कृतिको जगेर्ना गर्दै आइरहेका छन् । यस्तो कार्यमा सरकारले समेत बजेटको व्यवस्था गर्नुपर्ने हो । तर सरकारले यस्तो कार्यमा चासो दिनुको साटो अफवाह कार्यमा बढी ध्यान केन्द्रित गरेको छ । यस्तो विषयको जगेर्नामा सरकार उदासीन रहेको छ,’ आजपा अध्यक्ष साहले भने ।
भोलेनाथ बोल बम कवरिया संघका अध्यक्ष राजकुमार साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा सन्तोष अग्रवाल, त्रिभुवन साह, विपिन जयसवाल, चन्द्र भूषण साह लगायतको विशेष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण