वर्षा
पर्वतको कालीगण्डकी नदीमा जल स्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
आइतबार, १८ साउन २०८२, ०१ : २३
सारांश
- कालीगण्डकी नदीको जलस्तर मोदीबेनी जलमापन केन्द्रमा सतर्कता तहको आसपास पुगेको छ।
- जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई डुबानको जोखिमबारे सचेत गराएको छ।
- विभागले पहिरोको जोखिम बढेको भन्दै कमजोर भूभागमा रहेकाहरूलाई सतर्क रहन आग्रह गरेको छ।
पर्वत । पर्वत जिल्लाको मोदीबेनी जलमापन केन्द्रमा कालीगण्डकी नदीको जल स्तर सतर्कता तहको आसपास पुगेको छ। साउन १८ गते बिहान १२ः४० बजे प्राप्त जानकारीअनुसार जल स्तर थप बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले नदी तटीय क्षेत्रका बासिन्दालाई सम्भावित डुबानको जोखिम रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। साथै, कमजोर तथा भिरालो भू–भागमा पहिरोको खतरा पनि बढेको हुँदा त्यस्ता क्षेत्रमा बसोबास गर्नेहरूलाई बिहानसम्मै विशेष सतर्क रहन आग्रह गरेकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण