जनताले सुशासनको अनुभूति गर्न सकेनन् : शेखर कोइराला
सारांश
- डा. शेखर कोइरालाले सरकार पारदर्शी नहुँदा सुशासनको अनुभूति हुन नसकेको बताए।
- उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठीकसँग नचले लोकतन्त्र खतरामा रहेको धारणा राखे।
- कोइरालाले लोकतन्त्र रक्षाका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको बताए।
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकार पारदर्शी, जवाफदेही र उत्तरदायी नहुँदा जनताले सुशासनको अनुभूति गर्न नसकेको बताएका छन् ।
आइतबार विराटनगरमा गुराँस पुस्तकालयले आयोजना गरेको मुक्तिप्रसाद यदुनाथ चापागाईँ सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठुला दुई दल मिलेर बनेको सरकार पनि जनताप्रति पारदर्शी, जवाफदेही र उत्तरदायी हुन नसकेको र यसका कारण सुशासनको अनुभूति हुन नसकेको बताएका हुन् ।
कांग्रेस नेता डा. कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ठिकसँग नचलेका कारण लोकतन्त्र नै खतरामा रहेको धारणा राखे । उनले लोकतन्त्रको रक्षाका लागि भए पनि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उल्लेख गरे ।
मुलुकको निर्वाचन प्रणालीका कारण पनि मिलीजुली सरकार बनाउनुपर्ने बाध्यता रहेको भन्दै कांग्रेस नेता डा. कोइरालाले मिलीजुली सरकार बनाउनै पर्ने बाध्यताकाबिच पार्टीको सिद्धान्त र व्यवहारलाई छोड्न नहुनेमा जोड दिए ।
कार्यक्रममा राजनीतितर्फ हरि सापकोटालाई २१ हजार नगदसहित सम्मान गरिएको थियो भने सामाजिकतर्फ अलिम अन्सारीलाई ११ हजार नगदसहित सम्मानित गरिएको थियो ।
यसैगरी प्रतिभातर्फ डा. प्रमिला गच्छेदारलाईसम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण