माओवादी स्थायी समिति बैठक : प्रचण्डको एजेन्डामाथि धारणा राख्दै नेताहरु
सारांश
- माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी छ, जसमा नेताहरूले अध्यक्ष प्रचण्डको एजेन्डामाथि छलफल गरिरहेका छन्।
- बैठकमा पदाधिकारी र सदस्यहरूले धारणा राखेका थिए, र प्रवक्ताका अनुसार बाँकी पदाधिकारीहरूले पनि धारणा राख्नेछन्।
- बैठकमा प्रचण्डले मध्य पहाडी केन्द्रित अभियान, मोर्चा विस्तार, र अन्य समसामयिक विषयहरू समेट्ने एजेन्डा प्रस्तुत गरेका थिए।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) स्थायी समितिको बैठक आज तेश्रो दिन पनि केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ । साउन १६ गते देखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको एजेन्डामाथि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन् ।
शनिबार बसेको बैठकमा पदाधिकारी, अनुशासन आयोग र स्थायी समिति सदस्य गरी २५ जनाले धारणा राखेका थिए । आज बाँकी पदाधिकारीहरूले धारणा राख्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका छन् ।
बैठकको पहिलो दिन अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारेमा ब्रिफिङ गरेका थिए । एजेन्डाका रूपमा मध्य पहाडी केन्द्रित अभियानलाई निरन्तरता दिने, केन्द्रीय समितिको बैठकबारे मिति तय गर्ने, समाजवादी मोर्चालाई थप विस्तार गर्ने, सङ्गठन निर्माण, कार्यविभाजन र आन्तरिक एकतालाई सुदृढीकरण गर्ने, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप, संसदमा विचाराधीन विधेयक, जनजीविका लगायत समसामयिक प्रस्ताव तयारसम्बन्धी एजेन्डा उनले पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण