ज्ञानेन्द्र शाह असली राजा होइनन् : प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाहलाई असली राजा नभएको आरोप लगाएका छन्।
- ओलीले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिँदै दरबार हत्याकाण्डपछि ल्याइएको बताए।
- उनले राजतन्त्र षड्यन्त्रकारी शासन भएको आरोप लगाउँदै २०६५ साल जेठ १५ गतेको घटनाबारे बोले।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले ज्ञानेन्द्र शाहलाई कुसको राजाको संज्ञा दिँदै दरबार हत्याकाण्ड भएपछि कुसको राजाका रूपमा ल्याइएको बताए । वास्तविक राजतन्त्र वीरेन्द्र र दीपेन्द्रको मृत्युसँगै सकिएको उनको टिप्पणी छ ।
२००७ सालमै नेपालबाट तत्कालीन राजा त्रिभुवन भागेर भारत गएको भन्दै त्यही बेला अग्रजहरूले राजा बाहेक अरुमा सम्झौता गर्छौँ भनेको भए ठिक हुने टिप्पणी गरे । त्यही त्रुटिले २०६५ सम्म सामन्तवादीको अधीनमा रहनुपरेको बताए ।
उनले भने, ‘दरबार हत्याकाण्ड भनेको सानो कुरा हो । त्यसपछि एउटा कुसको राजा स्थापना गरेको भन्छु मैले । त्यो असली राजै होइन । राजा मारियो, रानी मारिए, युवराज मारिए । यता उता नभएको भाइ चाहिँ खोजेर ल्याएर बनाएको छ । दरबार हत्याकाण्डको परिकल्पना गरेको छ । अनि त्यस बाटोबाट आएको राजाले जनताको अधिकार खोस्छ । एउटा कठपुतली आयोग बनाएर अख्तियार बाँकी छोडेर, शेरबहादुर देउवामाथि मुद्दा चलाउँदै थियो । अख्तियारले चलाएर नहुने, यो सबै २००७ सालमा राजा फर्काएको परिणाम हो । दिल्ली गइसकेका थिए, उतै बस्न दिएको भए भइहाल्थ्यो नि । राजा फर्काउँदैनौँ, अरू कुरामा सम्झौता गर्छौँ भनेको भए पनि हुन्थ्यो होला । खैर त्यो अग्रजहरूको कुरा हो । त्रुटि भयो । जसले गर्दा भोगेको भोग्यै गर्नुपर्यो, ०६५ सालसम्म ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण