कर्मचारीले टेरेनन् गृह मन्त्रालयको २४ घण्टे उर्दी
सारांश
- गृह मन्त्रालयले सरुवा भएका कर्मचारीलाई २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको थियो, तर कसैले पालना गरेनन्।
- मन्त्रालयले तोकेको स्थानमा हाजिर नहुने कर्मचारीको हाजिरीमा रातो लगाउन सुरु गरिएको छ।
- निर्णय कार्यान्वयन नगर्नेमा निजामती कर्मचारी सङ्घ सम्बद्ध कर्मचारीको सङ्ख्या धेरै रहेको बताइएको छ।
काठमाडौँ । गृह मन्त्रालयले सरुवा र पदस्थापनपछि खटाएको स्थानमा हाजिर हुन दिएको २४ घण्टे उर्दी कर्मचारीले टेरेका छैनन् । मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै २४ घण्टे उर्दी जारी गर्दै तोकिएको स्थानमा जान निर्देशन दिएको थियो । त्यो निर्देशन आइतबारसम्म कसैले पालना नगरेको शाखा स्रोतले जानकारी दियो ।
‘२४ घण्टे उर्दी अहिलेसम्म कसैले पालना गरेको देखिएको छैन । उर्दी पालना नगरेपछि आइतबारबाट हाजिरीमा रातो लगाउन थालिएको छ,’ निजामती कर्मचारी प्रशासन शाखाका एक कर्मचारीले भने । मन्त्रालयले वेभ पोर्टलमा शुक्रबार सूची सार्वजनिक गर्दै १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको थियो ।
खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत छन् भने साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा छन् । उनीहरू आइतबार पनि मन्त्रालयमै उपस्थित भएर निर्णय कार्यान्वयन नगर्न दबाब दिइरहेका छन् ।
निर्णय कार्यान्वयन नगर्नेमा प्राय निजामती कर्मचारी सङ्घ सम्बद्ध कर्मचारी रहेको शाखाका एक कर्मचारीले बताए । सङ्घ नेपाली कांग्रेस निकट कर्मचारीहरूको संस्था हो । कांग्रेस नेता रमेश लेखक गृहमन्त्री छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण