पार्टी निर्माणमा प्रश्न उठाए बापत के सजाय भोग्नुपर्छ म तयार छु : जनार्दन शर्मा
सारांश
- माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माणमा प्रश्न उठाउँदा सजाय भोग्न तयार रहेको बताए।
- शर्माले पार्टीलाई समाजवादको दिशामा लैजान नसकेको र सरकारमा उदारवाद र नवउदारवादको बखान गरेको आरोप लगाए।
- उनले पार्टीको पुनर्संरचना, वैचारिक अस्पष्टता र जनताका सरोकारलाई बेवास्ता गरेको भन्दै समस्या समाधान खोज्नुपर्नेमा जोड दिए।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी निर्माणमा आफूले प्रश्न उठाए बापत के सजाय भोग्नुपर्ने हो त्यो भोग्न तयार रहेको बताएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै शर्माले आफूले पार्टी निर्माणको कुरा उठाउँदा विभाजनको दुष्प्रचार गर्ने काम भएको बताए । उनले आफूले सार्वजनिक रूपमा यो कुरा उठाउँदा पार्टीकै अरू नेताहरूले भित्रभित्रै पार्टी बन्दै बन्दैन भन्दै हिँडिरहेको समेत बताए ।
‘मैले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएँ, अरूले भित्र–भित्रै यो पार्टी बन्दै–बन्दैन भन्दै हिँडेका छन् । तर पार्टी निर्माणमा मैले प्रश्न उठाएबापत के सजाय भोग्नुपर्छ म तयार छु । पार्टी फुट्छ भन्ने दुष्प्रचार खारेज गर्छु। जति धकेल्न खोजेपनि म पार्टीमा अडिइरहन्छु’, उनले भने, ‘३१ लाख बाट ११ लाख मत झार्न मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु । हैन भने तत् तत् ठाउँबाट आत्मालोचना गर्न आवश्यक छ ।’
उनले बैठकमा राखेको बुँदागत धारणा
– पार्टीलाई समाजवादको दिशामा लैजानुको साटो सरकारमा बसेर उदारवाद र नवउदारवादको बखान गर्यौँ, सोही अनुसारको नीति कार्यक्रम बनायौँ। केही सुधारका काम गर्न खोजे पनि त्यसप्रति सह्य भएन। हाम्रो नेतृत्वले मजदुर किसानको बाटो छोड्न खोजेको र वर्गप्रति प्रतिबद्धता टाढा भएको कारण मसँगको प्रेम घटेको हो। म अर्थ मन्त्री हुँदा किसान पेन्सन ल्याएको, प्रत्येक पालिकामा ३०० जना कृषि भोलिन्टियर बनाउने र बाँझो जमिन प्रयोग गर्ने जस्तो कार्यक्रम बजेटमा ल्याएपछि त्यसलाई कार्यान्वयन नगरी हाम्रा अध्यक्ष प्रधानमन्त्री हुँदा नै खारेज गरेको कुरा म यहाँ स्पष्ट गर्न चाहन्छु। सङ्घीयता कार्यान्वयनमा हाम्रो मूल नेतृत्वको इमानदारिता भएको भए आज प्रदेशमा प्रहरी हुने थियो, प्रदेशहरू बलियो भइसक्थे।
– उत्पीडित, जाति, वर्ग, क्षेत्र र समुदाय हामीसँग रिसाएको छन्, पहिचान लगायतका मुद्दाहरू हामीले बिर्सेका छौँ, यिनलाई ब्युँझाउनु र अगाडि बढाउनुपर्छ भन्ने मैले गत स्थायी समितिमा ल्याएको प्रस्तावलाई कार्यान्वयन गर्ने क्रममै मोर्चाका सम्मेलनहरू भएका छन्।
– ३१ लाखको मत ११ लाखमा आइपुग्नुका पछाडिको कारण र दायित्व मेरै हो भने म जिम्मा लिन्छु आत्मालोचना पनि गर्छु।
– शान्ति प्रक्रियामा आए पश्चात् नयाँ संविधानको घोषणापश्चात् हामीले पार्टीको पुनर्संरचना गर्न नसक्नु त्यसलाई नयाँ प्रणालीमा ढाल्न नसक्नु जनता प्रति उत्तरदायी प्रतिस्पर्धात्मकको बिचमा पार्टीलाई अगाडी बढाउने तर्फ उन्मुख नगर्नु केन्द्रीकृत मानसिकताबाट ग्रसित हुनु पुरानै शैलीका अपनाउनु आजको मुख्य समस्या हो।
– आज हाम्रो वैचारिक अस्पष्टता, राजनीतिक लाइनको समस्या, सङ्गठनात्मक प्रणाली र विधिका सङ्कटहरूको कारण तमाम समस्या उत्पन्न भएका छन्। वर्ग दृष्टिकोणमा आएको विचलन, जनताका सरोकार र जनताले खोजेको आर्थिक समृद्धिको विकल्प दिन नसक्नु हाम्रो गम्भीर समस्या हो। समस्याको समाधान यिनै विषयमा गम्भीर अध्ययन, अनुसन्धान, छलफल र बहस भित्र खोज्नुपर्दछ। अन्यत्र खोजेर हामी सही मार्ग समात्न सक्दैनौँ यहाँ धेरै आरोप र प्रत्यारोप भन्दा बहस गरौँ।
उनले गत केन्द्रीय कमिटी बैठकमा गरिएको सङ्कल्प र समझदारीलाई पनि स्मरण गराएका छन् । जुन यस प्रकार छन्–
१. आत्मसमीक्षा आत्मालोचनासहित अगाडि बढ्ने पार्टीलाई वर्ग धरातल र सामूहिकता सहित जनसमुदायतिर फर्काउने
२. असारमा केन्द्रीय समिति बैठक बसी कार्यतालिका सहित ६ महिनाभित्र मङ्सिरमा महाधिवेशन गर्ने
३. बैठक एकता विजय र रूपान्तरणका रूपमा संश्लेषण गरिएको हो। तर त्यो अनुसार भयो कि भएन ?
कार्यक्रममा निर्णयका रूपमा
आषाढसम्म अभियान सञ्चालन गर्ने, जबस मोर्चाको राष्ट्रिय सम्मेलन गर्ने, एकता र ध्रुवीकरण र समाजवादी मोर्चा प्रभावकारी बनाउने सरकारतिर फर्केर नहेर्ने सदनलाई प्रभावकारी बनाउने कुरा थियो ।
कार्यान्वयनको अवस्था
१. प्रारम्भमा अभियान प्रभावकारी भयो मधेस प्रदेशपछि घट्दै गएर पश्चिममा पुग्दा कार्यकर्ता केन्द्रित मात्र हुन पुग्यो नेतामुखी हुनपुग्यो टिम परिचालनमा मनोमानी गरियो र अभियानमा जान प्रतिबन्ध लगाइयो।
१. समस्याको प्रारम्भ कहाँबाट र कोबाट भयो कार्य विभाजनमा नै समस्या भयो अध्यक्षले गुटका दृष्टिकोणले कार्य विभाजन गर्नुभयो। एकताबाट आएका र अन्य सिनियरहरूलाई ह्यूमिलेट गरियो। विभेदकारी र पूर्वाग्रही कार्य विभाजन भयो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण