ग्यालरी बैठक भवनको प्रबलीकरणको काम २५ प्रतिशत पुग्यो
सारांश
- ऐतिहासिक ग्यालरी बैठक भवनको प्रबलीकरण (रेट्रोफिटिङ) को काम २५ प्रतिशत पुगेको छ।
- भवनलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङको काम भइरहेको छ, जसको वित्तीय प्रगति २२ प्रतिशत छ।
- निर्माण स्थल साँघुरो र जनशक्तिको अभावका कारण काममा चुनौती रहेको आयोजना निर्देशकले बताए।
काठमाडौँ । ऐतिहासिक ग्यालरी बैठक भवनको प्रबलीकरण (रेट्रोफिटिङ) को काम २५ प्रतिशत पुगेको छ । भूकम्पले क्षति पुगेको यो भवनकाे प्रबलीकरणको काम २५ प्रतिशत पुगेको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक सुनिल ठाकुरले राष्ट्रियसभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा जानकारी गराएका हुन् ।
२०७२ सालको विनाशकारी भूकम्पले ३९ करोडभन्दा बढी लागतमा राणाकालीन वास्तुकला र मौलिकता जोगाएर भवनलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ थालिएको हो । साथै यसको वित्तीय प्रगति २२ प्रतिशत पुगेको बताए ।
आइतबार बैठकमा निर्देशक ठाकुरले भने- ‘यो काम प्राविधिक रूपमा जटिल छ । हामीले ‘स्प्लिन्ट एन्ड ब्यान्डेज’ जस्ता नयाँ प्रविधि प्रयोग गरिरहेका छौँ र मौलिक संरचनालाई कमभन्दा कम क्षति हुने गरी काम गर्न पुरातत्त्व विभागसँग निरन्तर समन्वय गरिरहेका छौँ ।’
आयोजना निर्देशक ठाकुरले निर्माण कार्यमा विभिन्न चुनौती रहेको स्वीकार गरे । उनका अनुसार मुख्य निर्माणस्थल साँघुरो भएका कारण काम गर्न ठाउँको अभाव छ ।
‘सिंहदरबार परिसरबाट खनिएको माटो बाहिर लैजान नमिल्ने र व्यवस्थापन गर्न ठाउँ नहुँदा दोहोरो काम गर्नुपरेको छ,’ ठाकुर भन्छन्- ‘निर्माणस्थलमा जम्मा १० जना कामदारलाई मात्र बस्ने अनुमति छ, जसले गर्दा कामको गति बढाउन सकिएको छैन ।’
प्रेरा निर्माण सेवा प्रालिले रट्रोफिटिङको जिम्मा लिएको यो भवन २०८१ जेठ २ गते ठेक्का सम्झौता भएको थियो भने सम्पन्न गर्नुपर्ने २०८२ मङ्सिर ६ गते सम्पन्न गरिसक्नुपर्ने म्याद रहेको छ । साथै समितिको छलफलपछि आइतबार सांसदहरूले उक्त भवनको अवलोकन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण