सभामुखद्वारा प्रमुख सचेतकहरू र कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान
सारांश
- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकअघि दुई छुट्टाछुट्टै बैठक बोलाएका छन्।
- सभामुखले ११ बजे प्रमुख दलका सचेतक र कानुन मन्त्रीहरूसँग बैठक बोलाए।
- संवैधानिक परिषद् विधेयक पेस गर्ने र निजामती सेवा विधेयकको प्रतिवेदन बुझाउने सम्भावना छ।
काठमाडौँ । प्रतिनिधिसभाको आज दिउँसो एक बजेका लागि बोलाइएको बैठकअघि सभामुख देवराज घिमिरेले दुई छुट्टाछुट्टै बैठक बोलाएका छन् ।
प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बिहान ११ बजे प्रमुख ५ दलका प्रमुख सचेतक र कानुन न्याय तथा संसदीय मामिला मन्त्री सहितको बैठक नयाँ वानेश्वरस्थित संसद् भवनमा आह्वान भएको छ । त्यस्तै त्यो बैठक सकिएपछि साढे ११ बजे सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
दिउँसो एक बजे बोलाइएको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने सम्भावित कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ ।
आजै सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण