महिला सांसदको घाँटीबाटै सिक्री तानेर लुटेरा फरार, गृहमन्त्रीको ध्यानाकर्षण
सारांश
- नयाँ दिल्लीमा एक महिला सांसदको घाँटीबाट सुनको सिक्री लुटेर लुटेरा फरार भएको घटना घटेको छ।
- सांसद आर सुधा मर्निङ वाक गरिरहेको बेला स्कुटरमा आएका लुटेराले सिक्री लुटेका थिए।
- घटनापछि सांसदले गृहमन्त्रीलाई पत्र लेख्दै सुरक्षाको प्रश्न उठाएकी छन्, प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको ‘भीआईपी’ एरियामा सोमबार एक महिला सांसदको घाँटीबाटै सुनको सिक्री तानेर लुटेरा फरार भएको छ ।
लोकसभा सांसद आर सुधा सोमबार ‘मर्निङ वाक’मा रहेको समयमा उक्त घटना भएको हो । उनले आफ्नो घाँटीबाट सिक्री तानेर लुटेराले लगेको बताएकी छन् । लुटेरा स्कुटरमा आएको र उसले हेलमेटले अनुहार ढाकेका कारण आफूले चिन्न नसक्ने उनको भनाइ छ ।
प्रतिकारका क्रममा आफूलाई विभिन्न ठाउँमा चोटसमेत लागेको सांसद सुधाले जनाएकी छन् ।
घटना लगत्तै उनले गृहमन्त्री अमित शाहलाई पत्र लेखेर जानकारी गराएकी छन् । उनले चाणक्यपुरीजस्तो दिल्लीको सुरक्षित क्षेत्रमा एक महिला सांसदमाथि यसप्रकारको घटना हुन्छ भने महिलाहरू कहाँ सुरक्षित हुन सक्छन् भनेर प्रश्नसमेत गरेकी छन् ।
दिल्ली प्रहरीले यसबारे उजुरी दर्ता गरेर अनुसन्धान थालेको छ । भारतीय सञ्चारमाध्यमले दिल्ली प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार प्रहरीको १० वटा टिम परिचालन गरेर अनुसन्धान तथा खोजतलास थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण