मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाली बजारमा भित्रियो जिलीको ईएक्स ५ ईभी

सोमबार, १९ साउन २०८२, ०७ : ००
सोमबार, १९ साउन २०८२

सारांश

  • जिली अटो होल्डिङ्ग ग्रुपले २०२५ जिली ईएक्स सिरिज नेपालमा भित्र्याएको छ।
  • एलआरआर मोटर्सले नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका दुई मोडलहरू सार्वजनिक गरेको छ।
  • यी मोडलहरूमा उच्च सुरक्षा, ऊर्जा क्षमता, र लामो ब्याट्री जीवन रहेको छ, जसको मूल्य ५८ देखि ६८ लाख रुपैयाँसम्म तोकिएको छ।

काठमाडौँ । चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोम ध्येको एक जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स सिरिज नेपाल भित्रिएको छ ।  

एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स प्रो र जिली ईएक्स म्याक्स भित्र्याएको हो । 

 यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।  यी दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारिता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ । 

गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रीले एट (आठ वटा) निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित यस ब्याट्रीको आयु ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमी अथवा ५० वर्ष) रहेको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै अधिक हो । साथै आधिकारिक आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरूको ब्याट्रीमा आठ वर्ष वा २ लाख किमीसम्म वारेन्टी समेत दिएको जनाएको छ ।

यी दुवै मोडलमा जडान गरिएको १६० किलोवाट (२१५ हर्सपावर) क्षमताको मोटरले ० देखि १०० किमी/घण्टाको गति ६.९ सेकेन्डमै पूरा गर्न सक्ने क्षमता राख्छ ।

यसमा सिएलटिसी परीक्षण अनुसार ५३० किमी र डब्लुएलटीपी मापन अनुसार ४३० किमीसम्मको माइलेज रहेको कम्पनीले जनाएको छ, जुन नेपालको भौगोलिक बनावटका लागि पर्याप्त मानिएको छ ।

यी मोडलहरूमा ६ वटा एयरब्याग, एबिएस, इबिडी, इएससी, एइबी, ब्लाइन्ड स्पट मोनिटरिङ, हिल अशिष्ट लगायतका सुरक्षा प्रविधिहरू समावेश छन् । 

साथै, जिलीले आफ्नै विकसित फ्लाईमी अटो ओएस–स्मार्ट ककपिट अपरेटिङ सिस्टम) प्रयोग गरेको छ, जसले स्मार्ट ड्यासबोर्ड र ओटिए अपडेटको सुविधा दिन्छ । 

ईम्याक्स५  प्रो र ईम्याक्स५ म्याक्स दुबैमा इन्टिग्रेटेड स्मार्ट युआइ, एपमार्फत गाडीको गति नियन्त्रण गर्ने सुविधा पनि रहेको छ । 

नेपाली बजारका लागि ईम्याक्स५ प्रो को मूल्य ५८ लाख नेपाली रुपैयाँ तोकिएको छ भने ईम्याक्स५ म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ । तथापि, नेपाली उपाभोक्ताको अवस्था र रुचीलाई मध्यनजर गर्दै कम्पनीले नाडा अटो शोको क्रममा मूल्यमा केही विशेष लाभ प्रदान गर्ने जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप