क्रिप्टो करेन्सीमार्फत ७८ लाख अवैध कारोबार गर्ने युवा पक्राउ
सारांश
- प्रहरीले काठमाडौंको कलंकीबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ परेका २१ वर्षीय सुशान्त दाहालले क्रिप्टो मुद्रा प्रयोग गरी ७८ लाखभन्दा बढीको अवैध कारोबार गरेको पाइएको छ।
- प्रहरीले दाहाललाई पक्राउ गरी 'अभौतिक मुद्राको कारोबार गर्न नहुने' कसुरमा अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको कलंकीमा क्रिप्टो करेन्सीमार्फत अवैध कारोबार गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको टोलीले २१ वर्षीय सुशान्त दाहाललाई नियन्त्रणमा लिएको हो।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी स्थायी घर भई हाल भक्तपुरको कौशलटारमा बसोबास गर्दै आएका दाहालले क्रिप्टो मुद्राको प्रयोग गरी ७८ लाख ३० हजार ३८८ रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको प्रहरीले जनाएको छ।
प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्की क्षेत्रबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुलदिप चन्दका अनुसार पक्राउ परेका दाहालविरुद्ध ‘अभौतिक मुद्राको कारोबार गर्न नहुने’ सम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान भइरहेको छ।
पक्राउ परेका व्यक्तिसँग मोबाइल फोन १ थान र सिमकार्ड २ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण