जरायोको सिङसहित दुई जना पक्राउ
सोमबार, १९ साउन २०८२, १७ : ३६
सारांश
- प्रहरीले मोरङको पथरीशनिश्चरेबाट जरायोको सिङसहित २ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा नीरज गुरुङ र विजय राई रहेका छन्, उनीहरू सोही ठाउँका बासिन्दा हुन्।
- प्रहरीले नीरजको घरबाट सिङ फेला पारेर आवश्यक कारबाहीका लागि वन कार्यालय पठाएको छ।
मोरङ । पथरीशनिश्चरे नगरपालिका- २ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय नीरज गुरुङ र २४ वर्षीय विजय राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले नीरजको घर तलासी गर्दा उक्त सिङ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सवडिभिजन वन कार्यालय पथरी पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण