१४ पटक चक्कु हान्दा पनि बाँचेकी श्रीमतीको नाक श्रीमानले टोकेर चुँडाइदिए
सारांश
- कन्नौजमा एक व्यक्तिले श्रीमतीलाई रेलवे ट्र्याक नजिकै नाक टोकेर शरीरबाट अलग पारे।
- पहिले १४ पटक चक्कु प्रहार गर्दा बचेकी श्रीमतीमाथि यो क्रूर हमला भएको हो।
- प्रहरीले घटनापछि फरार श्रीमानको खोजी गरिरहेको छ र घाइते महिला अस्पतालमा छिन्।
कन्नौज (भारत) । श्रीमतीलाई १४ पटक चक्कु प्रहार गरेर हत्या प्रयास गर्दा पनि उनी बाँचेपछि एक व्यक्तिले फेरि एक पटक क्रूर र डरलाग्दो घटना दोहोर्याएका छन् ।
दुई वर्ष जेल बसेर छुटेका एक पतिले श्रीमतीको बाटो छेकेर रेल्वे ट्र्याक नजिकैको झाडीमा लगी दाँतले नाक टोकेर शरीरबाट अलग गरिदिएका छन् । प्रहरीले पीडित महिलालाई जिल्ला अस्पतालमा भर्ना गरेको छ। घटनापछि फरार श्रीमानको खोजीमा प्रहरीले छापा मार्न सुरु गरेको छ ।
भारतको कन्नौज सहरको काजी टोला मोहल्ला निवासी पप्पु दोहरेले करिब दुई वर्षअघि माइत जान जिद्दी गरेकी श्रीमती गुड्डी देवीलाई बस स्टेसनमा टाउको र पेटमा १४ पटक चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । दुई महिनाको अस्पताल बसाइपछि गुड्डी देवीको ज्यान बचेको थियो । प्रहरीले पप्पुलाई श्रीमतीमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा जेल पठाएको थियो ।
उनी हालसालै करिब १५ दिनअघि मात्र धरौटीमा जेलबाट छुटेका थिए । घर फर्केपछि उनले श्रीमती रंगियनपुर्वा गाउँस्थित माइती बस्दै आएको थाहा पाए । सोमबार बिहान श्रीमती सरायमीराको नुरी मार्केटमा मजदुरी गरेर घर फर्किरहेकी थिइन् । सोही क्रममा तिर्वा क्रसिङ नजिकै रेल्वे ट्र्याक पार गर्ने क्रममा पप्पुले गुड्डी देवीलाई बाटो छेके । वरिपरिका मानिसहरूले केही बुझ्नुअघि नै पप्पुले गुड्डीलाई जबरजस्ती झाडीमा लगेर कुटपिट गरे र दाँतले उनको नाक टोकेर शरीरबाट अलग गरिदिए ।
घटनाको जानकारी पाउनासाथ महिला प्रहरी टोली घटनास्थल पुगेर घाइते गुड्डीलाई जिल्ला अस्पतालमा भर्ना गरायो । घटनापछि आरोपित पप्पु फरार भए । सीओ सिटी (भारतीय प्रहरीको एक पद) अभिषेक प्रताप अजेयले घटनाबारे भनेका छन्, 'आरोपितको खोजी भइरहेको छ । छिट्टै उनलाई पक्राउ गरी जेल पठाइनेछ ।'
घाइते महिलाकी आमा राजेन्द्र देवीले ज्वाइँ पप्पु बौलाहा भएको र उसले कुनै पनि वेला छोरीको हत्या गर्न सक्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण