प्रतिनिधिसभाको बैठक बस्दै, सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने
सारांश
- प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ, जसमा 'वैकल्पिक वित्त परिचालन विधेयक, २०८१' पारित हुनेछ।
- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद गौतमले विधेयकमाथि छलफलको प्रस्ताव पेश गर्नेछन् र संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत हुनेछन्।
- बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिइनेछ भने दुईवटा विधेयकहरू प्रस्तुत हुनेछन्।
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ ।
त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले सो विधेयक सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । सो विधेयकमाथि प्राप्त भएका संशोधन प्रस्तावलाई निणयार्थ प्रस्तुत गरिनेछ ।
बैठकमा अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्नेछन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण