वैदेशिक रोजगार सम्बन्धी विज्ञापन अनिवार्य रूपमा अनलाइन प्रकाशन गर्न विभागको निर्देशन
सारांश
- श्रम विभागले वैदेशिक रोजगारसम्बन्धी विज्ञापन श्रम संसार पोर्टल र एपमा अनिवार्य प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ।
- अबदेखि वैदेशिक रोजगार ऐनअनुसार राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित विज्ञापन पनि पोर्टलमा अपलोड गर्नुपर्नेछ।
- विज्ञापन अनलाइनमा नराखेमा अपूर्ण ठहरिने र कारबाही गरिने विभागको चेतावनी छ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रूपमा श्रम संसार रोजगार पोर्टल (www.shramsansar.gov.np) र श्रम संसार एप मार्फत अनलाइन प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गरेको छ।
विभागले आज जारी गरेको सूचनामा भनिएको छ कि वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२(३) र वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ७ अनुसार आवश्यक विवरण खुलाइ राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था यथावत रहनेछ। तर, उक्त विज्ञापन अब श्रम संसार पोर्टलमा समेत अपलोड गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको हो।
सरकारले श्रम संसार पोर्टललाई नागरिक एपसँग समन्वय गरी सञ्चालनमा ल्याएपछि उक्त एपबाट समेत नागरिकहरूले सजिलै विज्ञापन हेर्न सक्ने व्यवस्था मिलाइएको विभागले स्पष्ट पारेको छ। विज्ञापन राष्ट्रिय दैनिकमा मात्र प्रकाशित हुँदा नागरिक एपमार्फत सत्यापन गर्न नसकिने भएकाले अनलाइन प्रकाशनलाई अनिवार्य बनाइएको सूचनामा उल्लेख छ।
विभागले सबै वैदेशिक रोजगार व्यवसायीहरूलाई वैदेशिक रोजगारका लागि कामदार पठाउन विज्ञापन प्रकाशन गर्दा श्रम संसार पोर्टल वा एपमा अपलोड गर्न र सम्पूर्ण विवरण समेट्न सूचित गरेको छ।
उन १३ गतेदेखि लागू गरिएको यस व्यवस्था अनुसार, अनलाइनमा विज्ञापन अपलोड नगरेमा अपूर्ण ठहरिने र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण