बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राप्ती राजमार्ग : पहिराले दाङ–सल्यान सडक अवरुद्ध

मङ्गलबार, २० साउन २०८२, १० : ३१
मङ्गलबार, २० साउन २०८२

सारांश

  • अविरल वर्षापछि दाङ-सल्यान सडकखण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।
  • कपुरकोट गाउँपालिका-३ मा पहिरो गएका कारण सडक पूर्ण रूपमा बन्द भएको छ ।
  • सडक खुलाउन प्रयास भइरहेको छ र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

दाङ । अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । दाङ–सल्यानको सिमाना नजिकै पहिरोले आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराई जानकारी दिए । 

लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरोले सवारी आवागमन रोकिएका हुन् । 

सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए  । यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप