‘कुलिङ अफ पिरियड’ छेडखानी समितिले प्रतिवेदन सिधै सदनमा पेस गर्ने
सारांश
- सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको 'कुलिङ अफ पिरियड' सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन सिधै प्रतिनिधिसभामा पेस गर्ने भएको छ।
- समितिले सभामुखलाई पत्र लेख्दै प्रतिवेदन सदनमा पेश गर्न आग्रह गरेको छ र कार्यसूचीमा राख्न अनुरोध गरेको छ।
- समितिले राज्य व्यवस्था तथा सुशासन समिति सभापति र सचिवले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ।
काठमाडौँ । ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन सिधै प्रतिनिधिसभा बैठकमा पेस गर्ने भएको छ ।
समितिले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै प्रतिवेदन सिधै सदनमा पेस गर्छौँ, कार्यसूचीमा राखिदिनुस् भनेर आग्रह गरेको हो ।
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले प्रतिवेदन तयार भएकोले सदनमा सिधै पेस गर्नका लागि कार्यसूचीमा राखिदिन समितिले सभामुखलाई पत्र लेखेको जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने समितिले प्रतिवेदन पेस गर्ने विषय उल्लेख छैन ।
कांग्रेस सांसद जीवन परियार सभापति रहेको समितिले सङ्घीय निजामती सेवा विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएको विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र समिति सचिव सुरजकुमार दुराले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण