अभिमन्युको ‘माली’ गीतमा दाजु बहिनीको प्रेम
सारांश
- फिल्म 'अभिमन्यु : च्याप्टर-१'को गीत 'माली' सार्वजनिक गरिएको छ, जसमा दाजु र बहिनीको सम्बन्ध देखाइएको छ।
- निर्माण पक्षले गीत सार्वजनिक गर्दै भिडियो प्रतिस्पर्धाको घोषणा गरेको छ, जसमा उत्कृष्ट भिडियोलाई पुरस्कार दिइनेछ।
- यो फिल्म भदौ २७ गते रिलिज हुनेछ, भने हिन्दी भर्सन असोज ६ गते प्रदर्शनमा आउनेछ।
काठमाडौँ । फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को गीत ‘माली’ सार्वजनिक गरिएको छ । प्रशान्त शिवाकोटीको शब्द, सङ्गीत तथा स्वर रहेको गीतमा सङ्गीत संयोजन विषम आचार्यको छ । गीतले दाजु र बहिनीबिचको निश्चल सम्बन्ध र जिम्मेवारीको कथा भन्छ ।
गीत सार्वजनिक गर्दै निर्माण पक्षले भिडियो प्रतिस्पर्धा समेत घोषणा गरेको छ । प्रतियोगितामा भाग लिन दाजुभाइ दिदीबहिनीले रक्षाबन्धनको दिन राखी बाँधेको भिडियो बनाएर सेयर गर्दै निर्माण युनिटलाई पठाउनुपर्नेछ । त्यसरी पठाएको भिडियोलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार पुरस्कार दिने निर्माण पक्षले जनाएको छ ।
भदौ २७ गतेबाट प्रदर्शनमा आउने फिल्म हिन्दी भर्सन असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुनेछ । फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौलालगायतको अभिनय रहेको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् । गौतमको यो निर्देशनमा डेब्यु फिल्म हो ।
फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण