तारकेश्वर–११ का वडाध्यक्ष पक्राउ
सारांश
- तारकेश्वर-११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन्, करिडोर निर्माणको क्रममा झडप भएपछि उनी पक्राउ परेका हुन्।
- गत असार २३ गते भएको झडपपछि वडाध्यक्षसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको थियो, जसमा हालसम्म ११ जना पक्राउ परिसकेका छन्।
- करिडोर निर्माणको विषयमा विवाद भएपछि हाल निर्माण रोकिएको छ, काठमाडौँ उपत्यका विकास प्राधिकरणले काम रोक्न निर्देशन दिएको थियो।
काठमाडौँ । काठमाडौँको तारकेश्वर–११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन् । तारकेश्वर ११ र काठमाडौँ महानगरपालिका १६ नम्बर वडाको सिमानाको खोलामा करिडोर निर्माण गर्ने क्रममा गत असार २३ गते भएको झडपपछि परेको किटानी जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई सोमबार पक्राउ गरेर मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागेको जिल्ला प्रहरी कार्यालय काठमाडौँका एसपी कुलदीप चन्दले जानकारी दिए ।
२२ गते काठमाडौँ महानगरपालिकातर्फ खोला मिचेर करिडोर निर्माण गर्न लागिएपछि वडा नम्बर ११ का जनप्रतिनिधिसहित स्थानीयले प्रशर्नन गरेका थिए । सो क्रममा केही स्थानीय झडप भएका थिए । झडपमा घाइते भएकाहरूले वडाध्यक्षसहित १३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए ।
सो जाहेरीपछि हालसम्म वडाध्यक्षसहित ११ जना पक्राउ परिसकेको चन्दले जानकारी दिए । विवादले झडपकै रुप लिएपछि हाल उक्त करिडोर निर्माण रोकिएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले करिडोर निर्माणको ठेक्का पाएको कम्पनीलाई पत्राचार गर्दैै उक्त कार्य रोक्न असार २३ गते नै निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण