सरकारले बहुविवाह गर्न दिन खोज्नु, प्रतिगमन हो, स्वीकार गर्दैनौँ : सांसद शर्मा
सारांश
- सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिने सरकारको तयारीप्रति आपत्ति जनाइन्।
- उनले महिला अधिकार र अन्तर्राष्ट्रिय सन्धि विपरीत सरकारले देवानी संहिता संशोधन गर्न खोजेको आरोप लगाइन्।
- शर्माले सरकारको यो कदमलाई 'महाप्रतिगमन' भन्दै विधेयक अघि नबढाउन माग गरिन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिने गरी सरकारले कानुनी प्रबन्ध गर्न लागेको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले संविधान प्रदत्त महिला अधिकार र नेपाल पक्ष राष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धि विपरीत सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताएकी हुन् ।
उनले बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुन मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको बताइन् । सांसद शर्माले भनिन्, ‘जनयुद्ध जनआन्दोलन र सबै खाले महिला आन्दोलनका प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दैछ । यो महाप्रतिगमन हो । यसका प्रति घोर आपत्ति व्यक्त गर्दछु । यस सम्बन्धी प्रतिगमनकारी विधेयक अघि नबढाउन ध्यानाकर्षण गर्दछु ।’ सांसद शर्माले प्रतिगमनलाई आफूहरूले नस्विकार्ने समेत स्पष्ट पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण