बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुरको भादगाउँ होटल एण्ड रिसोर्टले १५ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने

मङ्गलबार, २० साउन २०८२, १६ : ०५
मङ्गलबार, २० साउन २०८२

सारांश

  • भक्तपुरस्थित होटल भादगाउँ एण्ड रिसोर्टले १५ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ।
  • कम्पनीले आईपीओमार्फत १५ करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।
  • होटलले पाँचतारे सुविधा, पूर्वाधार विकास र सेवा विस्तार गर्ने योजना बनाएको छ।

भक्तपुर । भक्तपुरस्थित होटल भादगाउँ एण्ड रिसोर्टले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यसमार्फत १५ करोड रुपैयाँ पूँजी संकलन गर्ने लक्ष्य राखेको छ।

होटलले संकलित रकमको प्रयोग गर्दै आफुलाई पाँचतारे सुविधासम्पन्न बनाउने, पूर्वाधार विकास गर्ने तथा उच्चस्तरीय सेवाहरू थप गर्दै आतिथ्य क्षेत्रको स्तर उकास्ने योजना अघि सारेको छ।

शेयर निष्कासन प्रक्रिया अघि बढाउन होटलले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। यसै सन्दर्भमा आयोजित औपचारिक कार्यक्रममा होटलका प्रबन्ध निर्देशक निहाल राजभण्डारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप