गृह मन्त्रालयको प्रवक्तामा काफ्ले, रिजाललाई विपद् महाशाखा प्रमुखको जिम्मेवारी
काठमाडौँ । गृह मन्त्रालयको प्रवक्तामा सहसचिव आनन्द काफ्लेको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सहसचिव काफ्लेलाई रिक्त रहेको सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिएका हुन् ।
गृह मन्त्रालयमा सुरक्षा तथा समन्वय महाशाखा प्रमुख प्रवक्ता हुन्छन् । यसअघिका प्रवक्ता रामचन्द्र तिवारीलाई असार ३१ गते अध्यागमन विभागको महानिर्देशकका रूपमा खटाइएको थियो।
सुरक्षा तथा समन्वय महाशाखाले मुलुकको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सूचना समन्वय तथा विश्लेषण, सीमा तथा अध्यागमन प्रशासन, साथै स्थानीय प्रशासन तथा प्रदेश समन्वयसम्बन्धी कार्यहरू गर्छ ।
त्यस्तै मन्त्री लेखकले अध्यागमन विभागबाट गृह मन्त्रालयमा सरुवा भएका सहसचिव गोविन्द प्रसाद रिजाललाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी तोकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण