वर्षा
बर्दियाको किरिन खोलामा जल सतह सतर्कता तह पार, सावधानी अपनाउन आग्रह
बुधबार, २१ साउन २०८२, ०१ : १२
सारांश
- जल तथा मौसम विज्ञान विभागका अनुसार बर्दियाको किरिन खोलामा पानीको सतह सतर्कता तह पार गरेको छ।
- विभागले खोलामा पानीको सतह बढ्दो क्रममा रहेको र तटीय क्षेत्रमा जोखिम रहेको जनाएको छ।
- स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र सतर्क रहन विभागको आग्रह छ।
काठमाडौँ । बर्दिया जिल्लास्थित किरिन खोला जलमापन केन्द्रको जल सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले मंगलबार राति एक सूचना जारी गर्दै खोलामा पानीको सतह हाल बढ्दो क्रममा रहेको जनाएको हो । जसका कारण नदी आसपासका तटीय क्षेत्र र डुबान भइरहने होचो भू–भागमा जोखिम बढ्न सक्छ।
विभागले त्यस्ता क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र आवश्यक सतर्कता अपनाइराख्न आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण