कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित
सारांश
- बागलुङ नगरपालिकालाई विकास निर्माणमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ।
- विश्व बैंकको अनुदानबाट बागलुङमा सडक निर्माण सुरु भएको सात महिनामै कालोपत्रे गरिएको थियो।
- उपप्रधानमन्त्री प्रकाशमान सिंहले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई सम्मान गरेका हुन्।
बागलुङ । विकास निर्माणमा उत्कृष्ट काम गरेको उल्लेख गर्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ । विश्व बैङ्कले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको रु ४८ करोड अनुदानबाट यहाँको दुई वटा सडक निर्माण सुरु भएको सात महिनामै कालोपत्रे गरिएको थियो ।
तीन वटा सडकमध्ये दुई वटा सडकको काम सम्पन्न भएको र एउटा सडक कालोपत्रेको तयारी भइरहेको छ । उक्त अनुदानबाट एकै पटक १७ नगरपालिकामा विकास निर्माण भए पनि कार्यसम्पादनका आधारमा बागलुङ नगरपालिका सम्मानित भएको हो ।
काठमाडौँमा आयोजित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने बागलुङ नगरपालिकालाई सम्मान गरिएको हो ।
गत असारमा ठेक्का सम्झौता भएको सडक गत माघमै कालोपत्रे थालिएको र चैतसम्म दुई वटा सडक कालोपत्रे सम्पन्न गरिएको थियो भने एउटा सडक कालोपत्रेका लागि ग्राभेल भइसकेको छ । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत बागलुङ नगरपालिकामा निर्माण भइरहेका तीन प्रमुख सडक योजनाको सफलतापूर्वक सञ्चालन र कार्यान्वयनको मूल्याङ्कन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई सम्मान गरेका हुन् ।
बागलुङ नगरपालिका–४ स्थित ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट निरयघाटको एक दशमलव पाँच किलोमिटर सडक कालोपत्रे भइसकेको छ । निर्माणको अन्तिम चरणमा रहेको बागलुङ नगरपालिका–७ को मूलपानीबाट तितौरेसम्मको आठ दशमल छ किलोमिटर सडकको प्रगति ७० प्रतिशत पुगेको र बर्खा सकिँदा साथ कालोपत्रे गरिने निर्माण व्यवसायीका इन्जिनियर मनोज शर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण