बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

उपचार गराउन बंगलादेशबाट नेपाल आए बिरामी

बुधबार, २१ साउन २०८२, १० : १४
बुधबार, २१ साउन २०८२

सारांश

  • बंगलादेशका मुस्तफा लामो समयदेखि ढाड दुख्ने समस्याबाट पीडित थिए र भारतमा उपचार गर्दा पनि निको भएन ।
  • काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराएपछि मुस्तफाको ढाड दुखाई पूर्ण रुपमा निको भयो र उनी निकै खुसी देखिए ।
  • डाक्टरका अनुसार नेपालको स्वास्थ्य सेवाप्रति दक्षिणपूर्वी एशियाका नागरिकको विश्वास बढ्दै गएको छ र नेपाल मेडिकल हब बन्ने दिशामा अघि बढिरहेको छ ।

काठमाडौं । बंगलादेशका मुस्तफालाई लामो समयदेखि  ढाड दु्ख्ने समस्या थियो । स्वदेशकै अस्पतालमा नाम चलेका डाक्टरसँग उपचार गराउँदा पनि निको नभएपछि छिमेकी मुलुक भारतको कोलकातासम्म पुगे । तैपनि समस्या उस्तै भएपछि झोला बोकेर सिधै काठमाडौंको टिकट काटे ।

आएको दिन होटलमा बसे । भोलिपल्ट बिहान होटलबाट चेक आउट गरेर ब्यागसहित सिधै नर्भिक पुगेर ओपीडीमा नाम दर्ता गराए । 

नेपाली, हिन्दी र अंग्रेजी राम्ररी नआउने बिरामी ओपीडीमा देखेपछि डा. राजीव झालाई अनौठो लाग्यो । कुरा गर्दै जाँदा थाहा भयो, उनी बंगलादेशबाट उपचार गराउन नर्भिक आएका रहेछन् । उनले उपचार गराउने क्रममा आफूले अस्पताल चहारेको सबै कथा सुनाए । 

डा झाले परीक्षणबाट थाहा पाए–उनी क्रोनिक ब्याक पेन अर्थात् ढाड दुख्ने समस्याबाट पीडित रहेछन् । 
एमआरआइमा पनि नसा च्यापिएको देखियो। त्यसपछि डा झाले उपचार सुरु गनुरे–फिजियोथेरापी गराए र ट्रान्सफोरामिनल ब्लक इन्जेक्सन लगाए । उपचार गर्दै जाँदा उनको दुखाई पूर्ण रुपमा हरायो । अहिले उनी डिस्चार्ज भइसकेका छन्

मुस्तफाले नर्भिकमा उपचारपछि लामो समयदेखिको पीडाबाट मुक्त भएकोमा  खुसी व्यक्त गरे । 
‘उपचारपछि पीडामु्क्त हुँदा उहाँ निकै खुसी देखिनु भएको थियो,’ डा झाले भने, ‘विशेषगरी दक्ष चिकित्सक, प्रविधिलगायतका कारण नेपालको स्वास्थ्य सेवाप्रति दक्षिणपूर्वी एशिया क्षेत्रकै नागरिकको विश्वसनीयता बढ्दै गएको छ ।’

डा. झाले दक्ष चिकित्सक तथा अत्याधुनिक विश्वस्तरीय प्रविधिका कारण नेपाल पनि भारतजस्तै मेडिकल हबको रुपमा विकास हुने दिशातिर गइरहेको दाबी गरे । 

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार नर्भिकबाट बंगलादेशमात्र होइन,  सातवटै महादेशका ३० देशका नागरिकले उपचार सेवा लिइसकेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप