बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा कांग्रेस र एमालेका नेता जनमत पार्टीमा प्रवेश

बुधबार, २१ साउन २०८२, १३ : ५१
बुधबार, २१ साउन २०८२

सारांश

  • कपिलवस्तुमा कांग्रेस र एमालेका नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।
  • जनमत पार्टीको कार्यक्रममा एमालेका पूर्व वडाध्यक्ष हरि गोविन्द चौधरीसहित वडा कमिटी जनमतमा प्रवेश गरे।
  • कांग्रेस, जसपा र अन्य पार्टीका २५० भन्दा बढी व्यक्तिहरू पनि जनमत पार्टीमा प्रवेश गरे।

कपिलवस्तु । कपिलवस्तुबाट कांग्रेस र एमालेका केही नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।  जनमत पार्टी  कपिलवस्तुद्वारा आयोजना गरिएको कार्यक्रममा कपिलवस्तु महादेवी  वडा नम्बर १ का एमालेका पूर्ववडाध्यक्ष हरिगोविन्द चौधरी र सम्पूर्ण वडा कमिटी जनमत पार्टीमा प्रवेश गरेको सो पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरीले बताए । 

त्यस्तै कांग्रेसका सुवा चौधरी, सलीम प्रधान, राजनारायण चौधरी, जनता समाजवादी पार्टी नेपालका जिल्ला सदस्य नारायण यादव, सहबुदिन मुसलमानलगायत २५० भन्दा बढी व्यक्तिहरू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए । 

जिल्ला इन्चार्ज रियाज अहमद खानको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष दानबहादुर चौधरीले जनमत पार्टीप्रति आकर्षण बढेको बताए । कांग्रेस, एमाले, माओवादी केन्द्रले जनताको हितमा केही गर्न सकेनन् भनी जनताले बुझिसके अब नयाँ विचार र नयाँ शक्तिले केही गर्ला भनी लागेर जनमत पार्टीप्रति आकर्षण बढेको उनले बताए । 

जनमत पार्टी नयाँ सोच र एजेन्डाका साथ अगाडि बढेका कारण अहिले सो पार्टीप्रति आकर्षण बढेको बताउँदै उनले तराई मधेसमा विश्वास गर्ने पार्टी भनेकै जनमत पार्टी रहेको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप