स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्न सांसद बस्नेतद्वारा सरकारको ध्यानाकर्षण
सारांश
- सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभावबारे सरकारको ध्यानाकर्षण गराए।
- स्वास्थ्य चौकी र अस्पतालमा चिकित्सक अभाव हुँदा नागरिक उपचार सेवाबाट वञ्चित भएको उनको भनाइ छ।
- उनले तीनै तहका सरकारबीच समन्वय गरी स्वास्थ्यकर्मी पदपूर्ति गर्न माग गरे।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले स्वास्थ्य क्षेत्रमा जनशक्ति अभावको कारण नागरिकले आधारभूत उपचार सेवा पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बस्नेतले स्वास्थ्य चौकी तथा जिल्ला अस्पतालहरूमा चिकित्सक अभाव हुँदा नागरिकले उपचार सेवा नभएको भन्दै जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
दरबन्दी भएका अस्पतालहरूमा समेत जनशक्ति आपूर्ति हुन नसकेको उनको भनाइ छ । उनले धेरै स्थानीय तहका आधारभूत अस्पतालहरूका ओएनएम नहुँदा दरबन्दी समेत सिर्जना हुन नसकेको बताए । उनले तीन तहको सरकारबिच आवश्यक समन्वय गरी स्वास्थ्यकर्मी पदपूर्ति गरी नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न माग गरे ।
उनले भने, ‘स्थानीय, प्रदेश र सङ्घीय सरकारबिच समन्वय गरी यथाशीघ्र ओएनएम गरी पदपूर्ति प्रक्रिया अगाडि बढाइयोस् । र दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरियोस् ।’
सांसद बस्नेतले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि प्रोत्साहन प्याकेजको व्यवस्था गर्न समेत माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण