मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नाडा अटो शोमा प्रदर्शनीमा ल्याउने उड्ने कारको मूल्य नेपालमा कति पर्छ ?

बुधबार, २१ साउन २०८२, १९ : ३१
बुधबार, २१ साउन २०८२

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) ले पहिलो पटक ‘उड्ने कार’  प्रदर्शन गर्ने घोषणा गरेको छ । 

नाडाका अध्यक्ष करण चौधरीले मंगलवार आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने १७ औँ संस्करणको नाडा अटो बारे गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन । उनले नाडा अटो शोमा डिपल ईभीटोल यूएभी (उड्ने कार) प्रदर्शनमा राखिने बताए । 

तर नाडाले नेपालमा उड्ने कार प्रदर्शनीमा राख्ने जानकारी गराएसँगै उड्ने कारको मूल्यबारे चर्चा हुन थालेको छ । नाडा अटो शोमा एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा पहिलो पटक सार्वजनिक गर्न लागेको यो उड्ने कारको आधिकारिक मूल्य हालसम्म तोकिएको छैन । 

यद्यपि, यस्तै प्रकृतिका अन्य उड्ने कारहरूको अन्तर्राष्ट्रिय बजार मूल्यलाई आधार मान्दा यसको मूल्य करोडौं पर्न सक्ने अनुमान गरिएको छ ।

चीनको अर्को अग्रणी प्रविधि कम्पनी एक्सपेइएनजी एईरओएचटीले विकास गरेको ‘इभीटोल फ्लाइङ कार’ को अन्तर्राष्ट्रिय बजार मूल्य करिब १० लाख चिनियाँ युआन (करिब १ लाख ३७ हजार अमेरिकी डलर) अर्थात् नेपाली करिब १ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ ।

यदि डीपलको मोडल पनि सोही मूल्य श्रेणीमा रहेमा नेपाल भित्र्याउँदा लाग्ने कर तथा अन्य शुल्कहरूले गर्दा यसको अन्तिम मूल्य अझै बढ्ने छ । 

नेपाल आउने डीपल ईभीटोल कस्तो छ ?

नाडा अटो सोमा प्रदर्शन गरिने दीपल ईभीटोल चाङ्गन अटोमोबाइलको सब–ब्रान्ड डीपल र विश्वकै पहिलो स्वचालित यात्रुवाहक ईभीटोल निर्माता कम्पनी इहाङको रणनीतिक साझेदारीको ल्याएको हो । 

यो एक इलेक्ट्रिक भर्टिकल टेक–अफ एण्ड ल्यान्डिङ अर्थात् बिजुलीबाट चल्ने र हेलिकप्टर जस्तै ठाडै उड्न र अवतरण गर्न सक्ने सवारी हो। शहरी हवाई यातायातको लागि डिजाइन गरिएको यसमा इहाङको उन्नत स्वचालित उडान प्रविधि र चाङ्गनको गाडी निर्माण विशेषज्ञताको संयोजन छ ।

फ्लाइङ कारका विशेषताहरू

ह्एभलन ले बनाएको मोडल जमिनमा गुड्ने र हावामा उड्ने दुवै क्षमता भएको दुई सिटे कार हो। यसको डिजाइन ‘सुपरकार’ जस्तै छ र उड्ने पंखाहरू कारभित्रै लुकाइएको हुन्छ। यसमा ८ वटा प्रोपेलर, ८ वटा इलेक्ट्रिक मोटर र आपतकालीन अवस्थाका लागि ५० मिटरको कम उचाइमा पनि काम गर्ने मल्टी–प्यारासुट प्रणाली जस्ता अत्याधुनिक सुरक्षा फिचरहरू छन् ।

नाडा अटो सो २०२५ को मुख्य आकर्षण

आगामी नाडा अटो सोमा डीपलको उड्ने कार मुख्य आकर्षण बन्ने देखिएको छ । एमएडब्लु वृद्धि अटोकर्पले नेपालमा पहिलो पटक ल्याउने उड्ने कार सार्वजनिक गरेर देशको अटोमोबाइल र उड्डयन क्षेत्रमा एक ऐतिहासिक कोशेढुंगा स्थापित हुने नाडा अध्यक्ष चौधरीको आशा छ । 

नाडाका अध्यक्ष करण चौधरीका अनुसार, यस वर्षको सोमा उड्ने कारका साथै रोबोट, १२ वटा भिन्टेज गाडीहरू र ३६ वटा अटोमोबाइल ब्रान्डहरूको कीर्तिमानी सहभागिता रहनेछ । 

उनले भने, ‘इतिहासमै पहिलो पटक, हामीले एउटै कार्यक्रममा रोबोटदेखि उड्ने कारसम्म प्रदर्शन गर्दैछौं।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप