बुधबार, १३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्यालेक्सी जेड फोल्ड७ र फ्लिप७ को प्रि–अर्डर सुरु

बुधबार, २१ साउन २०८२, २० : ५१
बुधबार, २१ साउन २०८२

काठमाडौँ । सामसङले आफ्ना नयाँ फोल्डेबल स्मार्टफोन, ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७, नेपालमा प्रि-अर्डरका लागि उपलब्ध गराएको छ।

यी फोनहरू सामसङको ग्लोबल इभेन्ट 'ग्यालेक्सी अन्प्याकड' मार्फत सार्वजनिक भएका थिए। नेपालमा यी फोनहरूको प्रि-अर्डर २०८२ साल साउन २२ गतेदेखि २९ गतेसम्म खुला रहनेछ।

सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो र हलुका फोल्डेबल फोन ग्यालेक्सी जेड फोल्ड ७ मा अत्याधुनिक डिजाइन र दमदार क्यामेरा समावेश गरिएको छ। यसमा ठुलो डिस्प्ले, फ्लेक्स मोड, र मल्टिटास्किङका लागि सुधार गरिएका फिचरहरू छन्।

नयाँ संस्करणमा अझ राम्रो हिन्ज, तेज प्रोसेसर, उज्यालो स्क्रिन, र २०० मेगापिक्सेलको एआई इन्ह्यान्स्ड क्यामेरा प्रणाली पनि रहेको छ। त्यसैगरी, ग्यालेक्सी जेड फ्लिप ७ पहिलेभन्दा पातलो, टिकाउ र पोर्टेबल बनेको छ।

यसको फ्लेक्सविन्डो अझ ठुलो र प्रयोग गर्न सजिलो छ। यसमा प्रिमियम क्यामेरा, राम्रो स्ट्याबिलाइजेसन, सटीक रङ र लामो समय टिक्ने ब्याट्री पनि उपलब्ध छ। यी दुवै फोनमा जेमिनी लाइभ फिचर पनि उपलब्ध छ, जसले ठुलो स्क्रिनमा स्क्रिन सेयरिङ र रियल टाइम सपोर्ट सम्भव बनाउँछ। यसका साथै, क्यामेराको माध्यमबाट कुनै पनि वस्तु देखाएर सोधिएका प्रश्नहरूको तत्काल जवाफ पाउन सकिन्छ।

जेमिनी एआईको मद्दतले यात्रा वा व्यस्त दिनमा लेख्न, अनुवाद गर्न र काम मिलाउन पनि सहज हुनेछ। रचनात्मक प्रयोगकर्ताहरूका लागि 'स्केच तु इमेज' फिचरले उनीहरूको स्केचलाई आकर्षक भिजुअलमा रूपान्तरण गर्न सहयोग गर्छ। सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, ग्यालेक्सी जेड सिरिजले स्मार्टफोनको प्रयोग गर्ने तरिकामा नै नयाँपन ल्याएको छ। 

प्रि–अर्डर गर्ने तरिकाः  स्टेप १ः https://samsungcampaigns.com मा जानुहोस् वा तलको क्युआर स्क्यान गर्नुहोस्।

स्टेप २ः आफुलाई सहज हुने रितेलर छानी रु. ५,००० अग्रिम भुक्तानी गर्नुहोस्।  

स्टेप ३ः ओटिपी प्राप्त गर्नुहोस्। 

स्टेप ४ः आफुले छानेको स्टोरमा गई ओटिपी देखाएर नयाँ ग्यालेक्सी जेड फोल्ड७ वा ग्यालेक्सी जेड फ्लिप७ प्राप्त गर्नुहोस्।

सामसङले ग्राहकलाई १ वर्षको लागि एनएलजी इन्स्योरेन्स कम्पनीलिमिटेड मार्फत एकपटक स्क्रिन ब्रेकेज इन्स्योरेन्स पनि दिनेछ।

साथै, हुलास फिनसर्भ हाईर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्सको माध्यमबाट, ग्राहकहरूले ०% ब्याजमा सहज किस्ताबन्दी सुविधा पनि पाउनेछन्। यसका लागि केवल नागरिकता भए पुग्छ।

526453292_1750866249131846_379751583738811349_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप