नेतृत्व परिवर्तनको सवालमा प्रचण्डमाथि शंकर पोखरेलको कटाक्ष
बिहीबार, २२ साउन २०८२, ०८ : २२
सारांश
- एमाले महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वबारे टिप्पणी गरे।
- उनले कांग्रेस र एमालेमा नेतृत्व परिवर्तन भए पनि माओवादीमा प्रचण्ड नै रहेको कटाक्ष गरे।
- पोखरेलले एमाले र कांग्रेसका नेताहरूको उदाहरण दिँदै प्रचण्डको नेतृत्वको आलोचना गरे।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्व परिवर्तनको सवालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कटाक्ष गरेका छन् ।
बहुदलीय व्यवस्थाको स्थापना पछि नेपाली कांग्रेस र नेकपा एमालेमा नेतृत्व परिवर्तन भइरहे पनि माओवादी केन्द्रको मुख्य नेतृत्वमा प्रचण्ड रहिरहेको भन्दै उनले कटाक्ष गरेका हुन् ।
यस अवधिमा नेकपा एमालेको मुख्य नेतृत्वमा मदन भण्डारी, मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल र हाल केपी शर्मा ओली रहेको दृष्टान्त उनले पेस गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसको मुख्य नेतृत्वमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा रहे पनि बहुदलपछि हालसम्म माओवादीको नेतृत्व प्रचण्डले मात्र गरेको उनले उल्लेख गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण