मिनिरल वाटरको बोतलको विवादमा बौद्धमा युवकमाथि खुकुरी प्रहार
सारांश
- बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा आशिष राई र संस्कार मगर रहेका छन्, उनीहरूलाई रामहिटीबाट पक्राउ गरिएको हो।
- घाइते युवकको वीर अस्पतालमा उपचार भइरहेको छ भने घटनाको कारण मिनिरल वाटरको विषयमा विवाद भएको बताइएको छ।
काठमाडौँ । काठमाडौँको बौद्धमा युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन १८ मा लामा पेट्रोल पम्प अगाडी मकवानपुर घर भएर गोकर्णेश्वर नगरपालिका–४ नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरमाथि खुकुरी प्रहार भएको थियो ।
खुकुरी प्रहारमा संलग्न आरोपमा पक्राउ पर्नेमा धनकुटाको भेडेटार घर भएर दक्षिणढोका बस्दै आएका २० वर्षीय आशिष राई र मोरङ उर्लाबारी नगरपालिका घर भएर जोरपाटी बस्दै आएका १८ वर्षीय संस्कार मगर छन् । उनीहरूलाई बुधवार काठमाडौँ महानगरपालिका–६ रामहिटी नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए ।
पीडित युवकको अहिले वीर अस्पतालमा उपचार हुँदैछ । उनको बायाँ कान पछाडिको भागमा चोट लागेको एसपी चन्दले जानकारी दिए । खुकुरी प्रहारमा संलग्नहरू लागुऔषध प्रयोगकर्ता हुन् । घटनास्थल नजिकबाट प्रहरीले दुई वटा खुकुरी बरामद गरेको छ ।
अघिल्लाे दिन मिनिरल वाटरको बोतलको विषयमा विवाद हुँदा भोलिपल्ट खुकुरी हानेको आरोपीहरूले प्रहरीसँग बताएका छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘अघिल्लो दिन मिनिरल वाटरको विषयमा विवाद भएको रहेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण