रास्वपाले सार्वजनिक गर्यो रुपन्देही-३ मा उम्मेदवार बन्न आवेदन दिएकाको सूची
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही ३ को उपनिर्वाचनका लागि इच्छुक उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
- पार्टीले बिहीबार फेसबुक लाइभ मार्फत ९ जना उम्मेदवारको सूची सार्वजनिक गरेको हो।
- उम्मेदवार बन्नका लागि शुलभ खरेल, पाथवेन्द्र उपाध्याय लगायतले आवेदन दिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रुपन्देही ३ मा हुने उपनिर्वाचनको लागि आवेदन दिएका इच्छुक व्यक्तिहरूको नामावली सार्वजनिक गरेको छ ।
बिहीबार पार्टीको आधिकारिक फेसबुक लाइभ मार्फत रास्वपाले सूची सार्वजनिक गरेको हो । उम्मेदवार बन्नका लागि ९ जनाले आवेदन दिएको छ ।
शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा.लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् ।
रास्वपाले आवेदनको लागि साउन ७ गते बिहान १० बजेदेखि २१ गते बेलुका ५ बजेसम्मको समयसीमा तोकेको थियो ।
उम्मेदवारी दर्ता शुक्रबार बिहान १० बजेदेखि शनिबार ५ बजेसम्म उम्मेदवारीविरुद्ध दाबी विरोध गर्न सक्ने पार्टीका रुपन्देही निर्वाचन इन्चार्ज विपिन आचार्यले जानकारी दिए । यी उम्मेदवारप्रति केही गुनासा वा उजुरी भए केन्द्रीय निर्वाचन आयोग समक्ष दर्ता गर्न सकिने आचार्यले बताए ।
उनका अनुसार साउन २५ गते उम्मेदवारहरूसँग छलफल गरिने, २६ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशित गर्नेछ । साउन २६ देखि भदौ ११ गतेसम्म पार्टीले अवलम्बन गरेको उम्मेदवार छनोट विधि अनुसार मापन गरिने आचार्यले बताए ।
भदौ १२ गते बिहानदेखि साँझ ५ बजे प्रारम्भिक निर्वाचन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण