डिश होम बन्यो डीएभी कर्पोरेट फुटसल प्रतियोगिताको विजेता
काठमाडौं । डीएभी बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा दोस्रो संस्करणको डीएभी कर्पोरेट फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ। जुलाई ३० देखि अगस्ट २ सम्म सञ्चालन भएको प्रतियोगिताले उद्योग, व्यवसाय र शैक्षिक क्षेत्रबीच मित्रता, समुहगत भावना, व्यावसायिक सञ्जाल विस्तार तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको आयोजकले जनाएका छन्।
प्रतियोगितामा बैंकिङ, बीमा, ट्रेडिङ, आईटी, अटोमोबाइल तथा उत्पादन क्षेत्रका ३२ कर्पोरेट टोलीले सहभागिता जनाएका थिए। प्रतियोगिताअघि टोलीका कप्तान, प्रबन्धक तथा प्रतिनिधिहरूले डीएभी बिजनेस स्कुलका एमबीए कार्यक्रम संयोजक राजेश कुमार चौधरी नेतृत्वको आयोजक समितिसँग छलफल गरेका थिए। समापन समारोहमा धन्यवाद ज्ञापन पनि चौधरीले नै गरेका थिए ।
उद्घाटन समारोहमा ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्माले उद्योग–शिक्षा साझेदारीको महत्वबारे प्रकाश पार्नुभयो। नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भरत खवासले खेलकुदले मानसिक र शारीरिक स्वास्थ्यमा पुर्याउने प्रभावबारे विचार राखे। डीएभी बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले प्रतियोगितालाई औपचारिक रूपमा उद्घाटन गरे ।
लिग चरणका ३२ खेल र १५ नकआउट खेलहरू पार गर्दै डिश होम प्रा.लि. र कोड हिमालय प्रा.लि.बीच फाइनल खेल रोमाञ्चक ढंगले सम्पन्न भयो। जसमा डिश होम विजयी हुँदै रु. १ लाख नगद, ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने उपविजेता कोड हिमालयले रु. ५५ हजार, ट्रफी र मेडल हात पार्यो।
प्रतियोगितामा सहभागी सम्पूर्ण टोली, प्रायोजक तथा रेफ्रीहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। खेलमार्फत व्यावसायिक सञ्जाल विस्तार, समुहगत भावना अभिवृद्धि तथा स्वास्थ्य प्रवर्द्धनमा उल्लेखनीय सफलता प्राप्त भएको सहभागीहरूले बताएका छन्। उनीहरूले आगामी संस्करणमा पनि उत्साहपूर्वक सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण