खेलकुद
फिफा वरीयता : १३ स्थानमाथि उक्लियो नेपाली महिला टोली
बिहीबार, २२ साउन २०८२, १४ : ४८
सारांश
- नेपाली महिला फुटबल टोली फिफा वरीयतामा ८७ औँ स्थानमा उक्लिएको छ।
- नेपालले ४६.४९ अङ्क थप्दै १२४८.२६ अङ्क बटुल्न सफल भयो।
- यसअघि, नेपालको उच्च वरीयता ९१ औँ स्थानमा थियो, जुन २०१७ मा हासिल गरेको थियो।
काठमाडौँ । नेपाली महिला फुटबल टोली फिफा वरीयतामा अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल १३ स्थानमाथि उक्लँदै ८७ औँ स्थानमा पुगेको हो ।
यसअघि, १२०१.७७ अङ्क रहेकोमा नेपालले ४६.४९ अङ्क थप गर्दै १२४८.२६ अङ्क बटुल्न सफल भएको छ । नेपाल पछिल्लो पटक १ सयौँ स्थानमा रहेको थियो ।
नेपालको पछिल्लो उच्च वरीयता ९१ औँ स्थान रहेको थियो । १५ डिसेम्बर २०१७ मा नेपालले सो वरीयता हासिल गरेको थियो । त्यसपछि १८ डिसेम्बर २०२० मा टोली ९२ औँ वरीयतामा रहेको थियो ।
स्पेनले अमेरिकालाई उछिन्दै वरीयताको शीर्ष स्थानमा पुगेको छ । तेस्रो स्थानमा स्वीडेन रहेको छ भने त्यसपछि क्रमशः इंग्ल्याण्ड, जर्मनी र फ्रान्स रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण