शिक्षण अस्पतालको विभिन्न विभागमा पदपूर्तिका लागि आवेदन आह्वान
शुक्रबार, २३ साउन २०८२, ०८ : ०३
सारांश
- महाराजगन्ज शिक्षण अस्पतालले करार सेवाका लागि ८ जना क्लिनिकल रजिस्ट्रार पदका लागि दरखास्त आह्वान गरेको छ।
- अस्पतालले स्क्रिनिङ ओपीडी, युरोलोजी, इमर्जेन्सी र अन्कोलोजी विभागका लागि चिकित्सक माग गरेको छ।
- इच्छुक र योग्य उम्मेदवारले २०८२ साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन्, परीक्षा भदौ २ गते हुनेछ।
काठमाडौँ । शिक्षण अस्पताल महाराजगन्जले करार सेवाका लागि ८ जना क्लिनिकल रजिस्ट्रार पदमा दरखास्त आह्वान गरेको छ। अस्पतालले विभिन्न ४ विभागका लागि पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो।
अस्पतालले स्क्रिनिङ ओपीडी, युरोलोजी, इमर्जेन्सी र अन्कोलोजी विभागका लागि चिकित्सक माग गरेको हो। इच्छुक र योग्य नेपाली नागरिकले २०८२ साल साउन २९ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
सूचना अनुसार २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका उम्मेदवारले आवेदन दिन पाउनेछन्। अस्पतालका अनुसार परीक्षाको किसिम लिखित हुनेछ। परीक्षाको मिति भने सम्पर्क मिति २०८२ भदौ २ गते तोकिनेछ।
थप जानकारीका लागि अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण