बलात्कार आरोपमा इंग्ल्याण्डमा पाकिस्तानी क्रिकेटर पक्राउ
सारांश
- इंग्ल्याण्डमा पाकिस्तानी ब्याट्सम्यान हैदर अलीलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ।
- हैदर पाकिस्तान ए टोलीका सदस्य हुन् र उनलाई म्यानचेस्टर प्रहरीले पक्राउ गरेको थियो, तर जमानतमा रिहा गरिएको छ।
- पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अनुसन्धान नसकिएसम्म हैदरलाई निलम्बन गरेको छ र कानुनी सहयोग गर्ने जनाएको छ।
लण्डन । पाकिस्तानका युवा ब्याट्सम्यान हैदर अलीलाई इंग्ल्याण्डमा बलात्कारको आरोपमा पक्राउ गरिएको छ। यो घटना गत अगस्ट ३ मा भए पनि यसको जानकारी अहिले प्रकाशमा आएको हो।
टेलिकम एसिया स्पोर्ट्सको रिपोर्ट अनुसार, २४ वर्षीय ब्याट्सम्यान हैदर पाकिस्तान ए टोली (पाकिस्तान शाहीन) का सदस्य हुन्। अगस्ट ३ मा, उनी क्यान्टरबरी मैदानमा मेलबर्न क्रिकेट क्लब टोलीविरुद्ध खेल खेलिरहेका थिए।
उनलाई ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई मैदानबाटै पक्राउ गरेको थियो। पछि उनलाई जमानतमा रिहा गरे पनि उनको राहदानी जफत गरिएको छ ।
यो घटना बाहिर आएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले हैदर अलीलाई हालका लागि निलम्बन गरेको छ। रिपोर्टका अनुसार, ‘हैदरमाथि बलात्कारको आरोप लगाउने युवती पाकिस्तानी मूलकी हुन्।’
पीसीबीका प्रवक्ताले भने, ‘हामीलाई पक्राउको बारेमा जानकारी गराइएको छ। हैदरलाई अनुसन्धान पूरा नभएसम्म निलम्बन गरिएको छ । हामी बेलायतमा हाम्रो अनुसन्धान गर्नेछौँ। बोर्डले यो कठिन समयमा हैदरलाई कानुनी सहयोग प्रदान गर्नेछ।’
पाकिस्तान ए टोली जुलाई १७ देखि अगस्ट ६ सम्म बेलायत भ्रमणमा थियो र दुई तीन-दिवसीय खेल खेलेको थियो । दुवै खेलमा बराबरी भएको थियो। उनीहरूले तीन खेलको एकदिवसीय शृङ्खला २-१ ले जितेका थिए।
कप्तान साउद शकील र हैदर बाहेक अधिकांश खेलाडीहरू बुधबार इंग्ल्याण्डबाट फर्किएका छन्। साउद शकील व्यक्तिगत कारणले दुबईमा बसिरहेका छन्।
हैदर अलीलाई कुनै समय पाकिस्तान क्रिकेटको उदाउँदो तारा मानिन्थ्यो। उनले पाकिस्तानका लागि २ एकदिवसीय र ३५ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
हैदरले सन् २०२० को अन्डर-१९ विश्वकपमा पनि भाग लिएका थिए, जहाँ उनलाई भारतका यशस्वी जयस्वालसँगै सबैभन्दा आशाजनक खेलाडीहरूमा गनिन्थ्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण