मापसे गरेर अधिवक्ताको परीक्षा दिन पुगेपछि...
सुर्खेत । नेपाल कानुन व्यवसायी परिषद्को अधिवक्ता तहको परीक्षामा मादक पदार्थ सेवन (मापसे) गरी होहल्ला गर्ने एक परीक्षार्थीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका–५ निवासी ४५ वर्षीय नगेन्द्र बहादुर थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाका अनुसार थापा वीरेन्द्रनगर नगरपालिका–१३, गुप्तीपुरस्थित श्री अमर ज्योति नमुना मावि परीक्षा केन्द्रमा ३३ औँ अधिवक्ता तहको परीक्षा दिन आएका थिए । उनी मदिराको तालमै परीक्षा दिन गएका थिए ।
परीक्षा चलिरहेको समयमा उनले मापसे गरी परीक्षा सञ्चालनमा बाधा पुर्याएको र होहल्ला गरेको पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बुढ्थापाले बताए ।
डीएसपी बुढ्थापाले भने, ‘मापसे गरी परीक्षाको वातावरणमा खलल पुर्याएकोले निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण