समाजवादी मोर्चा कि एकता गरौँ कि विघटन गरौँ : अध्यक्ष यादव
शुक्रबार, २३ साउन २०८२, १२ : ५४
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादवले समाजवादी मोर्चा विघटन वा एकीकरणमध्ये एक रोज्नुपर्ने बताएका छन् । विगतमा समान विचार हुने दलहरूबिच मोर्चाबन्दी हुन आवश्यक भए पनि पछिल्लो समय औचित्य पुष्टि हुन नसकेको स्पष्ट पारे ।
‘समाजवादी मोर्चाको औचित्य मैले देखेको छैन । विगतमा मोर्चाले समाजवादी जागरण अभियान चलाउन मद्दतै गरेको देखिन्छ । अब कि त मोर्चा आबद्ध दलहरूबिच एकता गरौँ कि त विघटन गरेर आ–आफ्नै तयारीमा लागौँ । विस्तारै चुनावको बेला आइरहेको छ । दलहरूले एक्ला एक्लै तयारी गर्न त पाउँछन्’, रातोपाटीसँग उनले भने ।
माओवादीले चाँडै महाधिवेशन घोषणा गरेर चुनावको तयारीमा लाग्नै हो भने राम्रै मत ल्याउन सक्ने उनले बताए । गत वर्ष साउन १ गतेदेखि नेसपा मोर्चामा आबद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण