जन्मजात नागरिकता खारेज मामिलामा फेरि अड्किए ट्रम्प
शुक्रबार, २३ साउन २०८२, १६ : ०५
सारांश
- अमेरिकी अदालतले अमेरिकामा अवैध रूपमा बसोबास गर्ने मानिसका छोराछोरीलाई नागरिकता दिने ट्रम्पको आदेशमा रोक लगाएको छ।
- यो ट्रम्पको नीतिलाई अवैध घोषित गर्ने चौथो अमेरिकी अदालत हो, जसले जन्मसिद्ध अधिकार खारेज गर्न खोजेको थियो।
- न्यायाधीश डेबोरा बोर्डम्यानले ट्रम्पको आदेशले अमेरिकी संविधानको १४ औँ संशोधनको उल्लङ्घन गरेको बताइन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई अर्को झट्का लागेको छ । मेरिल्याण्डको सङ्घीय अदालतले अमेरिकामा अवैध वा अस्थायी रूपमा बसोबास गर्ने मानिसका छोराछोरीलाई नागरिकता दिइने छैन भनेर ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएको छ ।
जन्मसिद्ध अधिकार खारेज गर्ने ट्रम्पको नीतिलाई कुनै अमेरिकी अदालतले अवैध घोषित गरेको यो चौथो पटक हो । ट्रम्पको आदेशले अमेरिकी संविधानको १४ औँ संशोधनको उल्लङ्घन गरेको मेरिल्याण्डकी अमेरिकी जिल्ला न्यायाधीश डेबोरा बोर्डम्यानले स्पष्ट पारेकी छिन् । अमेरिकामा जन्मेका सबै बच्चा नागरिकताको हकदार भएको उनले भनिन् ।
आमाबाबुको कानुनी स्थितिलाई जे जस्तो भए पनि ती बच्चा नागरिकताको हकदार भएको उनको भनाइ थियो । अदालतले यो आदेश २०२५ को फेब्रुअरी १९ पछि जन्मेका सबै बच्चाहरूमा लागू गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण