‘फोन ट्यापिङ गर्न मिल्ने विधेयक सरकारको फासीवादी कदम’
सारांश
- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारको फोन ट्यापिङ र सामाजिक सञ्जाल नियन्त्रण विधेयकको विरोध गरेको छ।
- पार्टीले यो विधेयक नागरिकको गोपनीयता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको आरोप लगाएको छ।
- पार्टीले सञ्चार क्षेत्र र जनवादी शक्तिहरूलाई सरकारको कदमविरुद्ध आवाज उठाउन आह्वान गरेको छ।
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले ल्याउन लागेको भनिएको फोन ट्यापिङ र सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकको कडा विरोध गरेको छ।
पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’द्वारा आज जारी गरिएको प्रेस वक्तव्यमा सरकारले अर्काको फोन ट्याप गर्ने, एसएमएस हेर्ने, युट्युब र अन्य सामाजिक सञ्जालका सामग्रीहरूलाई नियन्त्रण गर्ने उद्देश्यले संसद्मा विधेयक प्रस्तुत गर्न लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
वक्तव्यमा भनिएको छ, ‘यो नागरिकको गोपनीयता र अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने ओली-देउवा गठबन्धन सरकारको फासीवादी कदम हो। हाम्रो पार्टी सरकारको यस कदमको घोर विरोध गर्दछ।’
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारको यस किसिमको कदमविरुद्ध आवाज उठाउन सम्पूर्ण सञ्चार क्षेत्र र जनवादी शक्तिहरूलाई आह्वान पनि गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण